images
images

लायन्स लियो क्लब अफ काठमाडौँद्वारा काभ्रेको विद्यालयलाई पुस्तक सहयोग

लायन्स लियो क्लब अफ काठमाडौँद्वारा काभ्रेको विद्यालयलाई पुस्तक सहयोग

आइतवार, फागुन १३ २०८०
आइतवार, फागुन १३ २०८०
  • लायन्स लियो क्लब अफ काठमाडौँद्वारा काभ्रेको विद्यालयलाई पुस्तक सहयोग

    काठमाडौँ /  लायन्स लियो क्लब अफ काठमाडौँ छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ ।

    images
    images

     हाम्रो लाइब्रेरी हामी बनाउँछौँ’ अभियानअन्तर्गत क्लबमा आबद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट समेत सङ्कलन गरी पुस्तक उपलब्ध गराएका हुन् ।

     क्लबकी अध्यक्ष मन्जिता परियारले विद्यालयलाई सामान्य ज्ञान, प्रेरणादायी व्यक्तिको जीवनी, विज्ञान सम्बन्धित, स्वास्थ्यसम्बन्धी, पाठ्यक्रम, उपन्याससहित सबैखाले पुस्तक उपलब्ध गराएको जानकारी  दिइन्।

     आगामी दिनमा थप दुई सय बढी किताब उपलब्ध गराउने क्लबको योजना छ ।

    विद्यालयका प्राधानाध्यापक बलराम चौलागाईंले यसअघि विद्यालयमा पुस्तकालय कक्ष भए पनि पुस्तक नभएकाले लाइब्रेरीमा किन जाने भन्ने अवस्था रहेको बताए।

     विभिन्न खाले पुस्तक प्राप्त भएपछि अब विद्यार्थीमात्रै होइन शिक्षकले पनि पुस्तकालयको लाभ लिने छन्, उनले भने,“यसले विद्यार्थी भाइबहिनीमा पढ्ने बानीको विकासका साथै ज्ञान पनि बढ्नेछ ।”

    ‘पढ्ने र सिक्ने युवाको हक हो’ भन्ने मान्यतामा क्लबका युवाले ‘प्रोजेक्ट शिक्षा’ ‘पुस्तकालय स्थापना’ ‘एक व्यक्ति एक पुस्तक’अभियान चलाइरहेका छन् । 

    पुस्तकालय सञ्चालनका लागि विद्यालयका पूर्वशिक्षक अनुप परियारले अभियान चलाइ रहेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार