images
images

ब्राउन सुगर तथा गाँजासहित  छ जना  सशस्त्र प्रहरीको नियन्त्रणमा

ब्राउन सुगर तथा गाँजासहित  छ जना  सशस्त्र प्रहरीको नियन्त्रणमा

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • images
    images
    ब्राउन सुगर तथा गाँजासहित  छ जना  सशस्त्र प्रहरीको नियन्त्रणमा
    images
    images

    काठमाडौं/  सशस्त्र प्रहरीले करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं कलंकीस्थित  पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता कुमार न्यौपाने
    जानकारी दिए । 

    images
    images

    नियन्त्रणमा लिईएकाहरुमा धादिङ्ग जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षिय , सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षिय,  नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षिय  र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षिय गरि ४ पुरुष रहेका छन् ।


    एपीएफ इन्टेलीजेन्स व्युरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको  जनाएको छ ।

    साथै उनीहरुले प्रयोग गरेको   प्रदेश ०२५ प ८४५९ मोटरसाईकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडी समेत नियन्त्रणमा लिएको छ ।


    त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ के।जी। गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।


    थाई एयरवेजको उडान नं. त्न्घज्ञढ बाट  नेपाल आएका ४० वर्षिय पुरुष र ३७ वर्षिय महिलाले लगेज भित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ के.जी. गाँजासहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो।


    नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ।

       

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार