काठमाडौँ / सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा गएको भूकम्पको झट्का काठमाडौँ उपत्यका र आसपासको जिल्लाहरूमासमेत गरिएको थियो ।
भूकम्पको कम्पन केहीबेर रहेपछि सर्वसाधरण आत्तिएर घर बाहिरसमेत निस्किएका थिए । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन