images
images

प्राधिकरणले काट्न थाल्यो विद्युत् महसुल नतिर्नेको लाइन

प्राधिकरणले काट्न थाल्यो विद्युत् महसुल नतिर्नेको लाइन

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    प्राधिकरणले काट्न थाल्यो विद्युत् महसुल नतिर्नेको लाइन
    images
    images

    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिए ।

    images
    images

    उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए। भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो ।  

    लाइन काटिएका आठ सय ८८ ग्राहकबाट रु ४२ लाख ४२ हजार १९९ उठाउन बाँकी छ । यीबाहेक एक हजार ७३३ ग्राहकबाट ३ करोड १३ लाख ९२ हजार ३३६ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए । 

    यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।  

    माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट ७ करोड ५९ लाख ५३१ रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

    अग्रिम विद्युत् महसुल पनि उठ्ने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म १३ लाख नौ हजार चार सय ९८ रुपैयाँ अग्रिम भुक्तानी हुने गरेको छ । हाल अनलाइनबाट विद्युत् महसुल बुझाउने व्यवस्था छ तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार