images
images

फुडमाण्डु वानमार्टको सेवा अब ललितपुरमा पनि

फुडमाण्डु वानमार्टको सेवा अब ललितपुरमा पनि

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • फुडमाण्डु वानमार्टको सेवा अब ललितपुरमा पनि
    images
    images

    काठमाडौँ / फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि सेवा विस्तार गरेको छ । सुरुवातमा वानमार्टको सेवा गैरीधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेकोमा अबदेखि ललितपुरमा विस्तार हुने भएको हो । 

    यससँगै अब ललितपुरको सानेपाबाट ४ किलोमिटरको क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् । 

    यी क्षेत्रका ग्राहकहरूले अब ७०० भन्दा बढी सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन्। आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार