काठमाडौँ / एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०/१५ मिटर भन्दा टाढा केही देखिदैन । सडक, बजार सुनसान बनेको छ ।
हुस्सुले सबैभन्दा बढि समस्या बिमानस्थलमा यात्रुहरूले खेप्नु परेको छ । जनकपुरधाम बिमानस्थमा भिजिबिलिटी कम हुनाले न त बिमान अवतरण नै गर्न सकेको छ न त उड्न नै । दैनिक ८ वटासम्म हुने उडान, एक हप्तादेखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ ।
त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन । विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरू घण्टौ कुर्न बाध्य भएका छन् । चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमान्डौ जान बिमानस्थमा पर्खिरहेका हरि प्रसारद बक्तेल बताए ।
विमान उड्न १ हजार मिटिर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ । तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको बताउँछन् जनकपुर बिमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले जानकारी दिएका छन् । दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले त्यसवखत उडान हुने गरेको उनले जानकारी दिए । अहिले दैनिक ४० प्रतिसत उडान कम भएको उनले बताए ।
अबको दुई÷तीन दिन पछि मौसम सुधार हुने सूचना अधिकारी यादवले जनाए । हुनु त कम भिजिबिलिटीमा पनि बिमान उड्न र अवतरण गर्न सक्छ तर त्यसका लागि आधुनिक उपकरण जडान गर्नुपर्ने हुन्छ ।
यस किसिमको आधुनिक प्रविधि जडान गर्न खर्च बढी लाग्ने र त्यसको वसुलउपर गर्न टिकट दरसमेत बढ्न जान्छ । हाल यस किसिमको प्रविधि भैरहवा विमानस्थलमामा रहेको देखिन्छ ।