काठमाडौँ / साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेकोमा आइतबार घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । यता, चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । यसअघि तोलामा १ हजार ८ सय ८० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ६५ रुपैयाँ पर्नेछ ।