images
images

चार वर्षपछि ह्वाइट हाउसमा फर्किएका डोनाल्ड ट्रम्पलले केके निर्णय गरे ?

चार वर्षपछि ह्वाइट हाउसमा फर्किएका डोनाल्ड ट्रम्पलले केके निर्णय गरे ?

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • चार वर्षपछि ह्वाइट हाउसमा फर्किएका डोनाल्ड ट्रम्पलले केके निर्णय गरे ?
    images
    images

    डोनाल्ड ट्रम्पले चार वर्षपछि ह्वाइट हाउसमा फर्किएपछि आफ्नो दोस्रो कार्यकालको सुरुवात गरे । त्यसक्रममा उनले विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेका छन् भने केही आदेश समेत जारी गरेका छन् ।

    ट्रम्पले जनवरी २०, सोमबार अमेरिकी संसद क्यापिटल हिलमा ४७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । ट्रम्पले सत्ता सम्हालेलगत्तै राष्ट्रियदेखि विदेशसम्मका अमेरिकी नीतिहरूमा धेरै ठूला परिवर्तन ल्याउने कुरा गरे ।

    शपथ ग्रहणपछिको आफ्नो ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीति अन्तर्गत अन्य देशहरूमा पनि कर लगाउने बारेमा कुरा गरे । साथै, उनले अमेरिकामा पुरुष र महिला मात्र लिङ्गलाई मान्यता दिने घोषणा गरे।

    सोमबार राति अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्दै उनले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने समेत घोषणा गरेका छन् । 

    वाशिंगटन डीसीमा चिसो मौसमको कारण उनको उद्घाटन समारोह घरभित्र आयोजना गरिएको थियो ।

    ट्रम्पले प्रधानन्यायाधीश जोन रोबट्र्सले आफ्नो पदको सपथ लिएका थिए। शपथपछि उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् ।

    यसैगरी, उनले बाइडन प्रशासनले लागु गरेका झण्डै ८० ओटा प्रावधानहरूलाई उल्टाइ दिए भने पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे ।

    साथै, उनले सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने, दक्षिणी सिमानामा ‘राष्ट्रिय सङ्कटकाल’को घोषणा, टिकटकविरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक प्रक्रिया अघि बढाउने घोषणा गरे ।

    त्यस्तै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिने निर्णय पनि गरेका छन् ।

    उनले तेल र ग्यासको उत्पादन बढाउने पनि घोषणा गरे । ट्रम्पले सबैभन्दा बलियो सेना निर्माण गर्ने वाचा पनि गरेका छन् । राष्ट्रपतिले मेक्सिकोको खाडीको नाम बदलेर गल्फ अफ अमेरिका राख्ने र पनामा नहर फिर्ता लिने कुरा दोहोर्याएका छन् । 

    ट्रम्पको सपथ ग्रहण हुनुभन्दा केहीबेर अघि जेडी भान्सले उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए । 

    राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठूलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ ।

    “मैले बुझेको छु कि राष्ट्रपति ट्रम्पले अघिल्लो प्रशासनको तुलनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ लगानीलाई धेरै स्वागत गर्नेछन् । चिनियाँ उद्यमहरूले संयुक्त राज्य अमेरिकामा रोजगारी सिर्जना गर्न उत्साहित हुनेछन् ।” यूएस–चीन सम्बन्धको राष्ट्रिय समितिका अध्यक्ष स्टीफन ओर्लिन्सले भने, “हाल एक अर्ब डलरभन्दा बढीको लगानी छ । उहाँले अनुमतिहरू जारी गर्न अझ सजिलो बनाउने बताउनुभएको छ । त्यसैले यो क्षेत्र सुधार गर्न सकिन्छ भन्ने भावना छ ।”

    ओर्लिन्सले दुई देशबीचको व्यापार सम्झौतामा संरचनागत सुधारहरू समावेश गर्दा चिनियाँ उपभोक्ता र उद्यमी दुवैलाई आर्थिक फाइदा पुग्नेगरी व्यापार सम्बन्धमा सुधार ल्याउने कुरा पनि उल्लेख गरे। ट्रम्पको शपथ समारोहमा चिनियाँ उपराष्ट्रपति हान झेङले वासिङ्टन डीसीमा भाग लिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार