images
images

वाणिज्य बैंकहरूको खराब कर्जामा उच्च बृद्धि : चार ओटाको ५ प्रतिशत नाघ्यो, कसको कति ?

वाणिज्य बैंकहरूको खराब कर्जामा उच्च बृद्धि : चार ओटाको ५ प्रतिशत नाघ्यो, कसको कति ?

खराब कर्जाको सीमा ५ प्रतिशतभन्दा माथि पुगेका बैंकहरूले लाभांश वितरण गर्न र व्यवसाय विस्तार गर्न नपाउने

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • वाणिज्य बैंकहरूको खराब कर्जामा उच्च बृद्धि : चार ओटाको ५ प्रतिशत नाघ्यो, कसको कति ?
    images
    images

    काठमाडौँ / वाणिज्य बैंकहरूको खराब कर्जा बृद्धि भएको छ । बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनासम्मको तथ्याङ अनुसार बैंकहरूको खराब कर्जा औसत १.०६ बिन्दुले बढेर ४.३३ प्रतिशत पुगेको हो । 

    अघिल्लो वर्षको पुस मसान्तमा बैंकहरूको खराब कर्जा ३.२७ प्रतिशत थियो । बैंकहरूमा बढिरहेको खराब कर्जा, कर्जाा विस्तार र कर्जा असुलीमा समस्या देखिएको समस्याले अर्थतन्त्र सङ्कटोन्मुख छ भन्ने कुराको सङ्केत गर्दछ । 

    अर्थतन्त्रमा देखिएको समस्याको प्रत्यक्ष प्रभाव बैंकिङ सेक्टरमा पनि परेको देखिन्छ । कर्जा असुली गर्न नसकेर असुलेको धितो पनि बैंकहरूले सहज रूपमा बिक्री गर्न सकिरहेका छैनन् ।  

    खराब कर्जा उच्च भएमा बैंकहरूको वित्तीय अवस्थामा नै समस्या पैदा गर्छ । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण रिकभरीमा समस्या हुँदा बैंकहरूको खराब कर्जा उच्च रूपमा बढिरहेको छ । 

    नेपाल राष्ट्र बैंकले खराब कर्जाको सीमा ५ प्रतिशतभन्दा माथि पुगेमा लाभांश वितरण गर्न र व्यवसाय विस्तार गर्न रोक्ने व्यवस्था छ । यस्तो कर्जा धेरै भएमा असुलीमा प्राथमिकता दिनुपर्ने केन्द्रीय बैंकको निर्देशन छ । दोस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको देखिएको छ ।

    गत बर्ष पुस मसान्ततसम ४.९७ प्रतिशत खराब कर्जा रहेको यो बैंकको यस्तो कर्जा समीक्षा अवधिमा ४० प्रतिशतभन्दा बढीले बृद्धि भई ६.९६ प्रतिशत पुगेको हो । त्यस्तै, सबैभन्दा बढी खराब कर्जा हुने बैंकहरूमध्ये दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ ।

    यो बैंककको खराब कर्जा गत बर्षको तुलनामा २३.३७ प्रतिशतले बढेर ५.८६ प्रतिशत पुगेको हो ।  त्यस्तै, लक्ष्मी सनराइज बैंकको खराब कर्जा गत बर्षकाो  तुलनामा २१.४१ प्रतिशतलेबढेर ५.६७ प्रतिशत पुगेको छ भने प्रभु बैंकको खराब कर्जा पनि ५ प्रतिशतभन्दा माथि पुगको छ । 

    एक बर्षको अवधिमा खराब कर्जा सबैभन्दा बढी बृद्धि हुने बैंकमा एनआइसी एशिया बैंक रहेको छ । यो बैंकको खराब कर्जा गत बर्षको तुलनामा २८६.३९ प्रतिशत बढेर ४.६१ प्रतिशत कायम भएको छ । गत बर्ष पुस मसान्तसम्म एनआइसी एशिया बैंकको खराब कर्जा १.१९ प्रतिशत मात्रै थियो । 

    अधिकांश बैंकको खराब कर्जा बढ्दा एभरेष्ट बैंकको भने घेको छ । गत बर्ष ०.७७ प्रतिशत खराब कर्जा रहेको एभरेष्टले एक बर्षमा ०.६६ प्रतिशतमा झारेको छ । सबैभन्दा बढी कम खराब कर्जा भएको बैंकले नै एभरेष्ट बैंक रहेको छ । बैंकहरू अहिले कर्जा असुलीको दबावमा छन् । 

    खराब कर्जा बृद्धि भएसँगै अधिकांश बैंकले ठूलो रकम प्रोभिजनिङ गरेका छन् । पछिल्लो समय कर्जा लगानीमा विस्तार हुँदै गएकाले अर्थतन्त्र क्रमिक रूपमा सुधार हुने र कर्जा असुलीसमेत बढ्ने बैंकरहरूको विश्वास छ । 

    kharab karja.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार