images
images

पूर्वमन्त्री चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर निर्माण हुँदै

पूर्वमन्त्री चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर निर्माण हुँदै

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • पूर्वमन्त्री चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर निर्माण हुँदै

    सुनसरी / सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडी बढेको छ । 

    images
    images
    images
    images

    सुनसरी निर्वाचन क्षेत्र नं. ३ की सांसद भगबती चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न, र भूमिहिन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको हो ।

    चुची फाउण्डेशनले सो क्षेत्रका गरिब, विपन्न नागरिकका लागि निःशुल्क घर बनाइदिने प्रस्ताव ल्याएकोमा गढी, बर्जु, इनरुवा नगरपालिकाले सैद्धान्तिक सहमति प्रदान गरेका थिए । 

    मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा फाउण्डेशनले देशका विभिन्न क्षेत्रमा रहेका गरिब, विपन्नहरुलाई सुरक्षित आवास निर्माणको परियोजना ल्याएको थियो । 

    सो क्रममा सुनसरी जिल्लाकै अति पिछडिएको क्षेत्रका रुपमा रहेको बर्जु र गढी गाउँपालिकामा पनि सुरक्षित आवास परियोजना सञ्चालन गर्ने प्रस्ताव अनुरुप सुनसरी ३ नं. क्षेत्रभर एक सय घर निर्माणको सम्झौता भएको थियो ।

    सम्झौता अनुसार पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर तथा इनरुवा नगरपालिकाको वडा नं. ७ चाँदवेलामा ३० घर निर्माण गरिने छ । 

    बिहीबार परियोजना तत्काल सूचारु गर्न गढी र चाँदवेलामा स्थानीयहरुसँग समेत बृहद् छलफल भएको थियो । छलफलमा सांसद चौधरीले आफ्नो चुनाबी बाचा अनुसार क्षेत्रको विकासमा गम्भिरतापूर्वक लागेको भन्दै स्थानीयहरुले प्रशंसा पनि गरे ।

    सो क्रममा बोल्दै सांसद चौधरीले सुनसरी क्षेत्र नं। ३ को विकास र जनताका लागि आफु सदैव क्रियाशिल रहने बताउँदै आफु राजनीतिमा लाग्दा आफुले जनताको विकास कसरी हुन्छ भन्नेमा सोच बनाएको बताइन् ।

    नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले जनताका सुख दुखःमा आफु हरदम रहने बताउँदै जनताका आधारभूत आवश्यक्ताहरु पुरा गर्न र सो क्षेत्रको बृहत्तर विकासमा आफु अहोरात्र खट्ने प्रतिबद्धता जनाइन् ।

    चौधरीको सक्रियतामा क्षेत्रमा आएको परियोजनालाई कसरी सफल बनाउने ? लक्षित वर्गहरु कसरी पहिचान गर्ने ? सुरक्षित आवासको मोडल कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी सहित स्थानीय जनप्रतिनिधि र नागरिकको बाक्लो उपस्थिति रहेको थियो ।

    एक वर्षभित्र सुनसरी क्षेत्र नं. ३ का एक सय घर परिवारलाई सुरक्षित आवास निर्माण गर्ने यो परियोजना गढी, बर्जु, इनरुवा ७, इटहरी उमनपाको सुकुम्बासी क्षेत्र र दुहवी नगरपालिका अन्तरगतका सुकुम्बासी वस्तीमा सञ्चालन हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार