काठमाडौँ / दसैँको मुखमा नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बिहीबार सुनको भाउ घटेको हो ।
यसअघि प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ५९ हजार १ सय रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको घटेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।