काठमाडौँ / बुधबार पनि सुनको भाउ हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन एक तोलाको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ । मङ्गलबार भने यो मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ मात्रै थियो । त्यस्तै, १ लाख ४४ हजार ४६० रुपैयाँ कायम भएको १० ग्राम छापावाल सुनको भाउ बढेर आज १ लाख ४६ हजार ३५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला २ हजार १०५ रुपैयाँ पर्ने चाँदीलाई आज २ हजार २२० रुपैयाँ पर्नेछ ।