काठमाडौँ / पछिल्लो तीन दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड कायम हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुन आज तोलामा १ लाख ७१ हजार रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि भने सुनको भाउ १ लाख ७० हजार ७ सय रुपैयाँ थियो ।
यता, चाँदीको भाउ भने घटेको छ । बुधबार प्रतितोला २ हजार १२० रुपैयाँ पुगेको चाँदीको भाउ आज घटेर २ हजार ९० रुपैयाँ कायम भएको हो ।