images
images

दराज नेपालद्वारा छैठौँ बिक्रेता सम्मेलनको आयोजना उत्कृष्ट बिक्रेताहरू सम्मानित

दराज नेपालद्वारा छैठौँ बिक्रेता सम्मेलनको आयोजना उत्कृष्ट बिक्रेताहरू सम्मानित

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • दराज नेपालद्वारा छैठौँ बिक्रेता सम्मेलनको आयोजना उत्कृष्ट बिक्रेताहरू सम्मानित
    images
    images

    काठमाडौँ / नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो बिक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरिटेज गार्डेनमा सम्पन्न गरेको छ । ‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरूदण्डका रूपमा रहेका आफ्ना लगनशील बिक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो । 

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानको उपस्थिती रहेको थियो । उनले कार्यक्रममा आफ्नो ब्यक्त गर्दै परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेको कुरामा जोड दिए । 

    कार्यक्रम मार्फत आगामी दिनहरूमा इ-कमर्स सम्बन्धी विषयहरू लगायत इ-कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा, अध्यक्षले यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिनसम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताइन् । “बिक्रेताहरूको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रमुख कारण हो”, उनले भनिन् । 

    कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रूक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ-कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूको बारेमा जानकारी दिए ।

    3.jpgकार्यक्रमको प्रमुख आकर्षणका रूपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान प्रदान गर्नु थियो । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो ।

    दराज सेलर समित क्याटगरि अवार्डका विजेताहरू 

    सेलर अफ दि ईयर २०२४ : मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल

    कस्टमर च्वाइस अवार्ड : म्हिचा

    मनैदेखि नेपाली अवार्ड : नेपाल टि एक्स्चेन्ज

    दराज स्पेशल रिकग्निशन अवार्ड : आर एन ईलेक्ट्रोनिक्स

    टप न्यू एसएमई सेलर : ईकमर्स बजार

    टप ईमर्जिंग सेलर : एभरस्को

    टप सेलर- एफएमसीजी क्याटेगरी : बिराट हेल्थकेयर ईन्डस्ट्रिज

    फ्ल्याश सेल हिरो-एफएमसीजी क्याटेगरी : ज्यासमिन हाइजिन प्रडक्ट्स

    क्याम्पेन हिरो-एफएमसीजी क्याटेगरी : एयविबी

    टप सेलर-फेशन क्याटेगरी : शुज स्पट

    फ्ल्याश सेल हिरो-फेशन क्याटेगरी : ई-स्टोर्स

    क्याम्पेन हिरो-फेशन क्याटेगरी : फ्यानसेरा

    टप सेलर- ईलेक्ट्रोनिक्स क्याटेगरी : वानप्लस

    फ्ल्याश सेल हिरो-ईलेक्टोनिक्स क्याटेगरी : उक्स-एज

    क्याम्पेन हिरो - ईलेक्टोनिक्स क्याटेगरी : बोट ( टेलिटक )

    टप सेलर - लाईफस्टाइल क्याटेगरी : ई-मेला

    फ्ल्याश सेल हिरो-लाईफस्टाइल क्याटेगरी : एसपीएन‘स्

    क्याम्पेन हिरो-लाईफस्टाइल क्याटेगरी : कामाख्या डेकोर

    1.jpg

    दराज नेपाल, आफ्ना बिक्रेताहरूलाई साथ-समर्थन प्रदान गर्दै सशक्तिकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ । यसका लागि दराजले, ई-कमर्स क्षेत्रमा सफल हुन आफ्ना बिक्रेताहरूलाई आवश्यक उपकरण तथा  अवसरहरू प्रदान गर्न निरन्तर लागिपरेको छ ।

    बिक्रेता सम्मेलनले सम्मानलहरूलाई विगतका उपलब्धिहरूमा मात्र सीमित नराखेर, भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधारसमेत तयार गरेको कम्पनीको विश्वास छ ।

    पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नेपाल र म्यान्मारमा सञ्चालनमा रहेको दराज, सन् २०१५ मा स्थापित दक्षिण एसियाकै अग्रणी ई-कमर्स प्लेटफर्म हो । दराजले ६ लाख ५० हजार भन्दा बढी सक्रिय बिक्रेताहरूलाई उच्चस्तरीय बजार प्रविधिहरू प्रदान गर्दै, ५० करोड जनसंख्या रहेको यस क्षेत्रमा उपभोक्ता वर्ग सम्म सहज पहुँच पु-याउन सघाइरहेको छ । 

    दराज एक्स्प्रेस र दराज पे मार्फत, दराजले आफ्ना बजारहरूमा अत्यन्त प्रभावकारी र डिजिटलाइज्ड ढुवानी तथा भुक्तानी पूर्वाधार सञ्चालन गरिरहेको छ । सन् २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायलाई सेवा उपलब्ध गराउँदै दक्षिण एसियाकै प्रमुख ई-कमर्स प्लेटफर्म बन्न दराजको उद्देश्य रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार