काठमाडौँ / सुनको भाउ तेस्रो दिन पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
सोमबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेकोमा आज घटर १ लाख ६० हजार रुपैयाँमा झरेको हो ।
यसैगरी, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ९ सय २५ रुपैयाँमा झरेको हो ।