काठमाडौँ / अविरल बर्षाको कारण रोशी खोलाको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ ।
बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो ।
नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।