images
images

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

अन्तर्राष्ट्रिय बजारमै मूल्य बृद्धि भइरहेको कारणले नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ ।

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको हो । 

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बृद्धि भइरहेको कारणले नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ । उनले सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैङ्कले ब्याज दर घटाउने चर्चा कारण अहिले मूल्य बढेको हुनसक्ने महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । 

    यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो । यस्तै, सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । 

    मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    सोमबार चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार