images
images

एक बर्षमा लक्ष्मी सनराइजको नाफामा ३२.७९ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति पुग्यो ?

एक बर्षमा लक्ष्मी सनराइजको नाफामा ३२.७९ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति पुग्यो ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • एक बर्षमा लक्ष्मी सनराइजको नाफामा ३२.७९ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति पुग्यो ?

    काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडले एक बर्षमा नाफा रकम ३२.७९ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सोमबार प्रकाशित गरेको आर्थिक बर्ष (आव) २०८०/८१ चौथो त्रैमाससम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिमा ३ अर्ब ३ करोड ४५ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

    images
    images

    जुन अघिल्लो आवको तुलनामा तुलनामा ३२.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब २८ करोड ५२ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यस बर्ष खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो । 

    अघिल्लो आवमा ५ अर्ब ६८ करोड ६६ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले गत आवमा भने यस्तो आम्दानी १०३.९७ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड ८८ लाख ९१ हजार रुपैयाँ पुगेको छ । 

    यस्तै, अघिल्लो आवमा ३ अर्ब २७ करोड ६० लाख ३६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस बैंकले गत आवमा भने ४ अर्ब ४५ करोड ४९ लाख ८१ हजार रुपैयाँ यस्तो मुनाफा आर्जन गरेको छ । समीक्षा अवधीमा बैंकको यस्तो मुनाफा अघिल्लो आवको सोही अवधीको तुलनामा ३५.९९ प्रतिशतले बढेको हो । 

    असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ छ । बैंकले ७ प्रतिशत बोनस सेयर वितरण गरि चुक्ता पूँजी वृद्धि गरेको हो । अघिल्लो आवमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ थियो । 

    त्यस्तै, अघिल्लो आवको चौथो त्रैमाससम्ममा ७ अर्ब ३८ करोड ८९ लाख ९५ हजार रुपैयाँ रहेको बैंकको कुल सञ्चालन मुनाफा समीक्षा अवधिमा ९०.५० प्रतिशतले बढेर १४ अर्ब ७ करोड ५९ लाख ४२ हजार पुगेको छ । 

    यस्तै, यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ ।

    समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । २०८१ असार मसान्तसम्ममा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर १३ रुपैयाँ ०९ पैसा पुगेको छ । 

    यस्तै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ । 

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार