काठमाडौं नेपाल बैंक लिमिटेड र रोल्पास्थित जल्जला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
यहि जेठ २८ गते बैंकको रोल्पा शाखामा एक समारोह बिच सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ ।
नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शुसिल कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले नेपाल बैंक लिमिटेडले प्रदान गर्दै आईरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरुबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताए ।
बैंककोतर्फबाट प्रदेश प्रमुख शुसिल कुमार नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोवारहरु बैंकको डिजिटल बैंकिंङ मार्फत् सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसंग वित्तीय सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।
निजले आगामी दिनमा क्याम्पस र बैंकबिचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्नुहुदै बैंकले क्याम्पस परिवारका साथै ग्राहकवर्गहरुलाई समयसापेक्ष बंैकिंङ सेवा सुबिधाहरु थप प्रभाबकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए ।
उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप.प्रा.÷संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।