images
images

डिजेल, पेट्रोलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

डिजेल, पेट्रोलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • डिजेल, पेट्रोलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त भएको नयाँ मूल्य अनुसार मूल्य घटेपछि निगमले मूल्य घटाएको हो । 

    images
    images

    भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ४२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ४५ पैसाले घटेर आएपछि निगमले मूल्य घटाएको हो । 

    यद्यपि, जेठ १६ गतेदेखि लागु हुने गरी सरकारले हरित कर लगाउने निर्णय गरिएको निगमले जनाएको छ । 

    पेट्रोल र डिजेलको मूल्यमा समायोजन गरी निगम सञ्चालक समितिको जेठ १८ गतेको निर्णय अनुसार जेठ १९ गते बिहान १ बजेदेखि लागु हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको जनाएको छ । निगमले हरित कर कटाएर डिजेल, पेट्रोल र मट्टितेलको खुद्रा मूल्य तोकेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार