images
images

होण्डा ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना : कपिलवस्तुका इरफानले जिते १० लाख

होण्डा ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना : कपिलवस्तुका इरफानले जिते १० लाख

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • होण्डा ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना : कपिलवस्तुका इरफानले जिते १० लाख
    images
    images

    काठमाडौँ / होण्डा नेपालले चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’को बिजेताहरू घोषणा गरेको छ । कम्पनीका अनुसार एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद पुरस्कार जितेको घोषणा गरिएको हो । 

    दशैँ, तिहार र छठपर्वको रौनक मनाउन सुरु गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीको दावी छ । सो योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्ने अवसरबाट ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै १ लाख रुपैयाँ जितिसकेका छन् । 

    कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट सिबी साइन डिएसएस खरिद गर्दा १० लाख रुपैयाँको मूख्य पुरस्कार जितेका हुन् । विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो । 

    “हामी अति हर्षित छौँ कि अहमदज्यूले ठूलो पुरस्कार जित्नुभएको छ र हाम्रो साथमा यो खुसी बाँड्नुभएको छ । यो चाडपर्वको समय खुशी र एकतामा आधारित छ, र यसलाई हामी हाम्रा ग्राहकहरूमाझ सँगसँगै मनाउन पाउँदा हामी गर्व महसुस गदर्छौं ।” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अभियान अब आधिकारिक रूपमा सम्पन्न भएको छ । हामीले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी छौँ । यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक बनायो, र यसका लागि सम्पूर्ण होण्डा प्रेमी ग्राहकहरूप्रति हामी अत्यन्तै आभारी छौँ ।”  

    अहमदले ठूलो धनराशीको पुरस्कार जितेको देखेर र उनको खुशीमा सहभागी हुन पाउँदा उत्साहित भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अब आधिकारिक रूपमा सम्पन्न भएको छ । 

    “हामीले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी छौँ । यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक र आत्मिय बनायो, र यसका लागि हामी अत्यन्तै आभारी छौँ” कम्पनीले भनेको छ । 

    होण्डाले चाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर यस उत्सवमा खुशियाली थप्ने ग्राहकहरूलाई धन्यवादसमेत दिएको छ । 
    “आगामी दिनहरूमा पनि होण्डाले यस्ता धेरै योजनाहरू ल्याउने प्रतिज्ञा दिँदै हाम्रो शोरूमहरूमा आउन प्रोत्साहन गर्दछौँ । भविष्यमा हुने योजनाहरूमा तपाईंहरूको सहभागिताको अपेक्षा गर्दै होण्डा परिवारको हिस्सा बन्नुहुने आशा गर्दछौँ,” कम्पनीले भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार