काठमाडौँ / सुजल डेरी प्रा.लि.ले नवीनतम ब्रान्ड RUSH बदाम ड्रिक बजारमा ल्याएको छ। आयातित बदाम र केसर तथा नेपालमा उत्पादित दुधको मिश्रण भएको उक्त ड्रिक सुजल डेरीले बजारमा ल्याएको हो ।
RUSH बदाम ड्रिक प्रयोग भएको क्यालिफोर्नियन अल्मोन्डस्, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट सङ्कलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।
च्ग्क्ज् बदाम ड्रिक अन्तर्राष्ट्रिय स्तरको स्वचालित मेसिनबाट उत्पादन गरिन्छ । RUSH बदाम ड्रिकमा बदामको स्वाद, सफ्रोनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्ने कम्पनीको दावी छ ।
“वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको छ र निरन्तर अघि बढ्नको लागि शरीरलाई चहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्दछ। उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा RUSH बदाम ड्रिकले पूर्ण गर्दछ।”
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सफलता र निरन्तर प्रयासलाइ प्रोत्साहन गर्नको लागि कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश ल्याएको छ। RUSH बदाम ड्रिकले उपभोगतालाई सधैँ एक्टिभ, रेडी र गोइङ बनाउने कुरामा कम्पनी विश्वस्त छ।” RUSH बदाम ड्रिकको १८० एम. एल. क्यान रु १०० मा बजारमा उपलब्ध छ।