images
images

पर्यटन क्षेत्रमा लगानी ४.७२ प्रतिशतले बढ्यो, ६ महिनामा २ खर्ब २१ अर्ब कर्जा प्रवाह

पर्यटन क्षेत्रमा लगानी ४.७२ प्रतिशतले बढ्यो, ६ महिनामा २ खर्ब २१ अर्ब कर्जा प्रवाह

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • पर्यटन क्षेत्रमा लगानी ४.७२ प्रतिशतले बढ्यो, ६ महिनामा २ खर्ब २१ अर्ब कर्जा प्रवाह

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा पर्यटन क्षेत्रमा मात्र २ खर्ब भन्दा बढी रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ६ महिनामा २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको हो । यो गत असार २०८० को तुलनामा ४.७२ प्रतिशतको लगानी वृद्धि हो । 

    सन् २०१९ पछि कोभिड–१९ को कारण सुस्थ रहेको पर्यटन बजार कोरोना अघि कै लयमा फर्किएको छ । सन् २०१९ पछि पहिलोपटक मुलुकमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ । सन् २०२३ मा सरकारले राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ भने पर्यटक आगमन बढेसँगै व्यवसायीहरूले यो क्षेत्रमा लगानी बढाएका छन् । 

    कोरोना संक्रमणका वर्षहरूमा स्वात्तै घटेको पर्यटक आगमन पछिल्लो समय उल्लेख्य मात्रामा बढ्न थालेका हुन् । सन् २०२३ भन्दा अघिल्ला तीन वर्ष पर्यटन आगमन त्यत्ति सुखद थिएन । 

    राष्ट्र बैंकको अनुसार पछिल्लो समय होटेल तथा रिसोर्ट हस्पिट्यालिटी सेक्टरमा लगानी बढ्दा कर्जाको माग बढेको छ । यो बर्ष पर्यटन क्षेत्रमा गएको कर्जा सन् २०२१ को तुलनामा २०.२४ प्रतिशतले वृद्धि भएको छ । 

    सन् २०२१ मध्ये जुलाई (असार मसान्त) मा १ खर्ब ८३ अर्ब ९० करोड ८० लाख रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा गएकोमा सन् २०२४ को जनवरीमा लगानी बढेर २ खर्ब २१ अर्ब १२ करोड २० लाख हाराहारी पुगेको छ । सन् २०२२ को जुलाई मध्यमा भने यस्तो कर्जा २ खर्ब ४९ करोड ४० लाख हाराहारी गएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार