images
images

दुई महिनामै थपियो १ खर्ब ४ अर्ब सार्वजनिक ऋण, सरकारमाथि २५ खर्ब २८ अर्बको भुक्तानी दायित्व

दुई महिनामै थपियो १ खर्ब ४ अर्ब सार्वजनिक ऋण, सरकारमाथि २५ खर्ब २८ अर्बको भुक्तानी दायित्व

२०८१ को असार मसान्तसम्ममा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । दुई महिनामा १ खबृ ४ अर्ब थप वृद्धि भई २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • दुई महिनामै थपियो १ खर्ब ४ अर्ब सार्वजनिक ऋण, सरकारमाथि २५ खर्ब २८ अर्बको भुक्तानी दायित्व

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा नै १ खर्ब भन्दा बढी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको दुई महिनामा अर्थात साउन र भदौँ महिनामा नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको हो । 

    images
    images

    चालु आर्थिक बर्षको सुरुमा अर्थात २०८१ को असार मसान्तसम्ममा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । दुई महिनामा १ खर्ब ४ अर्ब थप वृद्धि भई २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । 

    1.PNG

    कार्यालयको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४४.३२ प्रतिशत छ । असार मसान्तसम्ममा कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४२.६५ प्रतिशत थियो । 

    सरकारले तिर्नुपर्ने आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेका कार्यालयले जनाएको छ । जसमा कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण हिस्सा २१.६६ प्रतिशत रहेको छ भने वाह्य ऋण दायित्व हिस्सा २२.६६ प्रतिशत रहेको छ । 

    गत आर्थिक बर्षको अन्त्यसम्ममा सरकारले तिर्नुपर्ने आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रूपैयाँ र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १३ करोड रूपैयाँ पुगेको थियो । 

    प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ६९८ रुपैयाँ 

    सार्वजनिक ऋण हिस्सा प्रतिव्यक्ति भाग लगाउँदा ८६ हजार ६९८ रुपैयाँ रुपैयाँ पुगेको छ । कुल सावर्जजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ८३ हजार ४ सय ३१ रुपैयाँ थियो ।

    नेपालले तिर्यो १४ अर्ब ५ करोड ऋण

    यो दुई महिनामा नेपालले १४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण तिरेको छ । दुई महिनामा विदेशी मुद्राको उचारचढावबाट नेपालले तिर्नुपर्ने ऋण ३० अर्ब १४ करोड रुपैयाँ बढेको हो ।

    समग्रमा दुई महिनामा नेपालको तिर्नुपर्ने सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको छ । गत आव २०८०÷८१ को असार मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

    यो दुई महिनामा थपिएको जोड्दा भदौ मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कुल ग्राहस्थ उत्पादनको ४४.३२ प्रतिशत सार्वजनिक ऋण पुगेको छ ।

    लक्ष्यको १९.०२ प्रतिशत परिचालन

    नेपालले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमध्ये साउन र भदौ महिनामा त्यसको १९.०२ प्रतिशत मात्र प्राप्ति गरेको छ ।

    आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको २७.२७ प्रतिशत अर्थात ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ । यसैगरी, बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा यो दुई महिनामा १४ अर्ब ५ करोड अर्थात ६.४८ प्रतिशत प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी

    सरकारले चालु आवमा ४ खर्ब २ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्ने लक्ष्य लिएको छ । जसमध्ये यो दुई महिनामा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिएको छ । अर्थात् लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी दिएको कार्यालयले जनाएको छ ।

    सरकारले आन्तरिकतर्फ ३ खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये दुई महिनामा ४२ अर्ब २ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अर्थात् आन्तरिकतर्फ नेपाल सरकारले लक्ष्यको १२.४७ प्रतिशत भुक्तानी दिएको छ ।

    यसैगरी, बाह्यतर्फ ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये ८.६३ अर्थात ५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको छ ।

    यस्तो छ सावा र ब्याज भुक्तानीको बार्षिक बजेट र यर्थाथ खर्च,

    चालु आर्थिक बर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा भदौँ मसान्तसम्म ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ । यो बार्षिक बजेटको विनियोजनको आधारमा ११.८४ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत रहेको छ । 1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार