images
images

आज यसरी मनाइँदैछ सरस्वती पूजा, हेर्नुस् तस्बिरमा

आज यसरी मनाइँदैछ सरस्वती पूजा, हेर्नुस् तस्बिरमा

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • आज यसरी मनाइँदैछ सरस्वती पूजा, हेर्नुस् तस्बिरमा
    images
    images

    काठमाडौँ / आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
      
    आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
     
    काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

    हेर्नुस् तस्बिर

    0.jpg

    इलाम सदरमुकामस्थित जुबिलेन्ट इलाइट एकेडेमी परिसरमा बुधबार बिहान विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै विद्यार्थी तथा अभिवावक । 

    000.jpg

    वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा घोराही उपमहानगरपालिका–१४ नयाँबजारस्थित वाल विकास माध्यमिक विद्यालय परिसरमा रहेको विद्याकी देवी सरस्वतीको मूर्तिमा पूजाआरधना गर्दै विद्यार्थी ।

    0000.jpg

    वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमीको अवसरमा बुधबार सरस्वती पूजाका लागि लामबद्ध ताप्लेजुङस्थित अक्सफोर्ड मोडेल इङ्लिश सेकेन्डरी स्कुलका विद्यार्थी ।

    00.jpg

    पोखराको सगरमाथा निकेतन स्कुलमा वसन्तश्रवण अर्थात् श्रीपञ्चमीका अवसरमा बुधबार बिहान सरस्वतीको पूजा गर्दै विद्यार्थी ।

    03.jpg

    वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा बुधबार महेन्द्र बहुमूखी क्याम्पस परिसरमा रहेको विद्याकी देवी सरस्वतीको मूर्तिमा पूजाआरधना गर्दै क्याम्पसका विद्यार्थी । 

    04.jpg

    सुनसरीको इनरुवास्थित एक निजी विद्यालयमा बुधबार सरस्वतीको पूजा गर्दै विद्यार्थी । सरस्वती पूजाका दिन बिनास्कुल पोशाकका कारण विकृति बढ्नसक्ने भन्दै नगरपालिकाले विद्यालय पोशाकमै उपस्थित भई पूजामा सहभागी हुन निर्देशन जारी छ । 

    01.jpg

    काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा रहेको एन्जल्स हार्ट सेकेन्डरी स्कुलमा बुधबार वसन्त पञ्चमी दिन अक्षरारम्भ गर्दै बालबालिका ।

    02.jpg

    बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा बुधबार श्रीपञ्चमी तथा सरस्वती पूजाका अवसरमा बालकलाई अक्षरारम्भ गराउँदै । आजको दिन बालबालिकालाई अक्षर चिनाउने र लेख्न सिकाएमा उनीहरुलाई सधैँ पढ्न, लेख्न आउने जनविश्वास रहेको छ । 

    0.jpg

    ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित बज्र अंकुरम किन्डरगार्डेनमा आज वसन्त पञ्चमी तथा सरस्वती पूजाका दिन अक्षरारम्भ गर्दै बालिका। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार