images
images

दोस्रो त्रैमासमा निफ्राले कमायो करिब ६९ करोड नाफा, अन्य सूचक कस्तो ?

दोस्रो त्रैमासमा निफ्राले कमायो करिब ६९ करोड नाफा, अन्य सूचक कस्तो ?

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • दोस्रो त्रैमासमा निफ्राले कमायो करिब ६९ करोड नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म ६८ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ६८ करोड ९९ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 

    images
    images
    images
    images

    बैंकले कमाएको उक्त नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने ९.९४ प्रतिशत अर्थात७ करोड ६१ लाख ७७ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा भने बैंकले ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख ५९ हजार रुपैयाँ रहेको देखिन्छ भने प्रतिसेयर आम्दानी ७० पैसाले घटेर ६ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

    यता, बैंकको नाफा घटेसंगै खुद ब्याज आम्दानी भने बड्न पुगेको छद । पुष मसान्तसम्ममा बैंकले १ अर्ब ३६ करोड २४ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोहि अवधीको तसलनामा २.८३ प्रतिशतले धेरै हो । 

    यस्तै, सञ्चालन नाफा १ अर्ब ९ करोड ४५ लाखबाट घटेर ९८ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । यसको इम्पेयरमेन्ट चार्ज १९ करोड पुगेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावित भएको देखिन्छ । 

    निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ७० पैसाले घटेर ६ रुपैयाँ ३९ पैसा कायम भएको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार