images
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा

    बारा / नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा  नम्बर २ स्थित सिमरा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  

    images
    images

    योसँगै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरे ।  शाखा सञ्चालनसँग आर्थिक कारोबार गर्न सो भेगका स्थानीयलाई सहज हुने उनले विश्वास व्यक्त गरे । 

    उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । 

    हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार