images
images

संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

    काठमाडौँ / नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका फौजबिच संयुक्त अभ्यास हुने भएको छ । सगरमाथा फ्रेन्डसिप नाम दिइएको संयुक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    images
    images

    नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघिय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । 

    सोही अनुरूप शनिवारदेखि आश्विन १५ गतेसम्म चीनको चोङकिङमा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने सेनाको भनाइ छ ।

    वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड-१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार