images
images

नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन भिभो भि४० !

नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन भिभो भि४० !

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन भिभो भि४० !

    काठमाडौँ / नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन भिभो –भी४० सार्वजनिक भएको छ । 

    images
    images

    विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले काठमाडौँ स्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वितरक, आम सञ्चारमाध्यम र टेक मिडिया प्रतिनिधिहरूको माझ भिभो –भी४० सार्वजनिक गरेको हो । 

    जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भि४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको यो नवीनतम स्मार्टफोनले मोबाइलबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पु¥याउने गरी डिजाइन गरिएको छ । जहाँ, प्रयोगकर्ताहरूले चलचित्र गुणस्तरका शानदार पोर्ट्रेट र भिडियोहरू खिच्न सक्नेछन् ।

    भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ, जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्दछ । 

    इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको पोर्ट्रेट फोटोग्राफीको लागि तयार पारिएको हो, जसले भिभोको र जाइस्द्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको छ । भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो सङ्कलन गर्न उत्कृष्ट हुने छ । किनकि यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्दछ । 

    जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ ।  फोटोग्राफी तर्फ भने यसमा एफ्/१.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ । 

    जसले कम प्रकाशमा पनि स्पष्ट पोर्ट्रेटहरू खिच्न सक्दछ । शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस्) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू यसबाट लिन सकिन्छ ।

    यसले आफ्ना प्रयोगकर्ताहरूलाई पोर्ट्रेट फिचरमा युनिक भिजनका साथै जाइस् शैलीका बोकेह इफेक्ट सँगै एआई औरा लाईट पोर्ट्रेट फिचरले दृश्यलाई व्यावसायिक स्तरको प्रकाश प्रदान गर्दछ । एआई थ्रीडी स्टुडियो लाइटिङद्वारा बढाइएको भि४० ले इनडोर र ब्याकलिट पोर्ट्रेटहरूका लागि आवश्यक लाइटको व्यवस्था गर्दछ ।

    भिभो भि४० फोटोग्राफी क्षमताहरूका लागि मात्र होइन,आकर्षक डिजाइन र प्रदर्शनका लागि पनि उत्कृष्ट रहेकोे छ । थ्रीडी कर्भ स्क्रिनसँगै ५५०० एमएएच ब्याट्री भएको रहेको यो फोन ७.५८ मिमी मात्र मोटाइ भएको भिभोको सबैभन्दा पातलो फोन हो । 

    यसमा १२० हर्जको रिफ्रेस रेटसँगै अघिल्लो भन्दा ६०.७ प्रतिशत धेरै ४५०० निट्सको ब्राइटनेस रहेको छ । जसले गर्दा उज्यालो घामको प्रकाशमा समेत यसलाई सहजै सञ्चालन गर्न सकिन्छ । 

    औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ’लुक्स’ थप राम्रो देखिएको छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो, र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ । जसमा एजि फ्लोराइट शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

    क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित, भिभो भि४० मा १२ + १२ जि बी को विस्तारित ¥याम रहेको छ, जसले गर्दा सहज रूपमा एप स्विचिङ र भारी फायलहरूको लागी ठुलो मेमोरी स्पेसको लागी सहज हुन्छ । 

    आवश्यक पर्दा छिट्टो चार्ज गर्न मिल्ने यसमा ५५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ, जसलाई प्रयोगकर्ताहरू लामो समयसम्म मोबाइल चलाउन सक्छन् । 

    यसमा आईपि ६८ र ६९ रहेकाले धूलो र पानीबाट समेत जोगाउँछ, जसले गर्दा विभिन्न वातावरणमा टिकाउपनको सुनिश्चितता रहन्छ ।
    यति मात्र होइन ! ६५ हजार ९९९ रुपैयाँमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा पाइने उपहारले समेत यसलाई थप आकर्षक बनाउने कम्पनीले जनाएको छ । 

    प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । प्री–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने छ । पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरु हुनेछ । भिभो भि४० सेप्टेम्बर २५ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै उपलब्ध हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार