images
images

काठमाडौँ महानगरपालिकाले एमालेलाई किन हुलाक र इमेलमार्फत पठायो १ लाख जरिवानाको पत्र ?

काठमाडौँ महानगरपालिकाले एमालेलाई किन हुलाक र इमेलमार्फत पठायो १ लाख जरिवानाको पत्र ?

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ महानगरपालिकाले एमालेलाई किन हुलाक र इमेलमार्फत पठायो १ लाख जरिवानाको पत्र ?
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई जरिवानाको पत्र इमेल र हुलाकमार्फत पठाएको छ । सो पत्र एमालेले भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाक र इमेलमार्फत पठाएको हो।

    पत्र बुझ्न अस्विकार गरेपछि आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोली त्यत्तिकै फर्किएका थिए । दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै एमालेले पत्र बुझ्न नमानेको हो । 

    आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो । एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो ।

    एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको बताउँदै आएको छ । एमालेले कार्यक्रम सकेलगत्तै त्यस स्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको दावी गर्दै आएको छ । 

    महानगरले फोहोर उठाउन ट्रक पठाउनुको सट्टा जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति आक्रोश पोखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार