images
images

सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु, ३५ जना घाइते

सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु, ३५ जना घाइते

शनिवार, मंसिर ९ २०८०
शनिवार, मंसिर ९ २०८०
  • सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु, ३५ जना घाइते

    पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका  थिए ।

    images
    images

    “हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन् ,” उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने। 

    उनका अनुसार, ३५ जना घाइते भएका छन्, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ र गम्भीर जसमध्ये कम्तीमा ४० जनाको उद्धार गरिएको छ । 

    प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको सङ्ख्या र घाइतेको सङ्ख्या पुष्टि गरेका छन् । 

    जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनल बताएका छन् । कमजोर सुरक्षा कानून र भवन संहिताका साथै ढिलो कार्यान्वयनको अर्थ पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ ।

    सन् २०१२ मा, पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तिमा दुई सय ५० जना मजदुरको मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार