images
images

अर्को वर्षदेखि ई–पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना

अर्को वर्षदेखि ई–पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • अर्को वर्षदेखि ई–पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना

    श्रीलङ्काले सन् २०२५ जनवरीदेखि लागू हुने गरी आफ्ना नागरिकहरूलाई ई–पासपोर्ट उपलब्ध गराउने योजना बनाएको देशको अध्यागमन विभागले बुधबार बताएको छ । विभागले राहदानीका लागि आवेदन दिने नयाँ पद्धतिलाई सोहीअनुसार कार्यान्वयन गर्नेछ ।

    images
    images

    यहाँ जुलाई १६ देखि लागू हुने श्रीलङ्काली राहदानीहरूका लागि आवेदन गर्न पूर्व दर्ता आवश्यक हुने र जुलाई १६ मा दर्ता भएका आवेदकहरूका लागि नयाँ पद्धति जुलाई १९ देखि सुरु हुने विभागले जनाएको छ । 

    विभागले दर्ता गरेपछि प्राथमिकताका आधारमा नयाँ राहदानी वितरण गर्नेछ । 

    यसअघि, विभागले कोलम्बो बाहिर बसोबास गर्नेहरूलाई राहदानी आवेदन वा नवीकरणका लागि कोलम्बोको मुख्य कार्यालय जाने आवश्यकता हटाउन अनलाइन राहदानी आवेदन प्लेटफर्म ल्याएको थियो । 

    सन् २०२२ को आर्थिक सङ्कटपछि ठूलो सङ्ख्यामा श्रीलङ्कालीहरूले विदेशी काम खोज्दै नयाँ राहदानीका लागि आवेदन दिइरहेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार