images
images

कोपा अमेरिका : अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औँ उपाधि, मेस्सीले खेल्न पाएनन् पुरै खेल

कोपा अमेरिका : अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औँ उपाधि, मेस्सीले खेल्न पाएनन् पुरै खेल

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • कोपा अमेरिका : अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औँ उपाधि, मेस्सीले खेल्न पाएनन् पुरै खेल

    अर्जेन्टिनाले ४८ औँ संस्करणको कीर्तिमानी उपाधि चुमेको छ । लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

    images
    images

    अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले कोलम्बियालाई १(० ले पराजित गरेको थियो ।


    निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । 

    ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

    अर्जेन्टिनाका कप्तान तथा सुपरस्टार लिओनल मेसी खुट्टाको पुरानै समस्या बल्झिएपछि निर्धारित समयको ६८औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । त्यसअघि पनि खेलका क्रममा उनको खुट्टामा समस्या देखिएको थियो । तर, सामान्य उपचारपछि उनले खेललाई निरन्तरता दिएका थिए । 

    उनलाई निकोलस गोन्जालेजले रिप्लेस गरेका थिए ।

    च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टोली बनेको हो । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ ।

    यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ । 

    अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । 

    अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ । 

    जारी कोपा–अमेरिकाको समूहगत चरणमा अर्जेन्टिनाले आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानडालाई नै २–० गोलले हराएको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा चिलीमाथि १–० गोलको जित हात पारेको थियो । 

    आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो ।

     समूहगत चरणको खेलमा अर्जेन्टिनाले कुल पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । 

    अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

    निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । त्यसपछि अर्जेन्टिनाले सेमिफाइनल खेलमा क्यानडालाई २–० गोलले पराजित गरेको थियो ।  
    कोपा–अमेरिकामा अर्जेन्टिनाले जम्मा एक गोलमात्र खायो ।  

    अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार