images
images

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच सम्झौता भएको छ । 

    images
    images

    बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने उक्त सम्झौता भएको हो । यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुनेछ । 

    सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ । 

    माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुने बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार