images
images

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना : ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना : ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना : ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर

    काठमाडौँ / एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । पुरस्कार जित्न सफल ७ जना ग्राहकहरूमध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तान्तरण गरिएको हो । विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् । 

    images
    images

    त्यस्तै मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् । त्यसैगरी एनसेल सेन्टर हेटौडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन् । 

    यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चालन गरिएका पहलहरू मध्ये एक हो ।
    भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार ग्राहकहरूलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । 

    4.jpg

    यस योजना अन्तर्गत दैनिक रूपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्तअनुसार एनसेलको बारेमा नारा पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नाराहरू प्राप्त गरेको थियो ।

    News ncell.jpg

    साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । बाँकी रहेका ४ जना विजेताहरुले बम्पर प्राइज कार्तिक २२ र २३ गते प्राप्त गर्नेछन् । 

    3.jpg

    एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको छ । यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरूसँग अन्तर्क्रिया गर्नुका साथै मंगलबार १०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूलाई एनसेलका विभिन्न उपहारहरू प्रदान गरेकी थिइन् ।

    2.jpg

    एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार