images
images

कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखामार्फत बैकिङ्ग सेवा

कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखामार्फत बैकिङ्ग सेवा

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखामार्फत बैकिङ्ग सेवा

    काठमाडौँ / सिटिजन्स बैँक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरू मार्फत करिब ७७,००० भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ । कर्णाली प्रदेशको बैंकिङ विस्तारलाई विशेष प्राथमिकता दिँदै आएको बैंकले जनाएको हो ।

    images
    images

    देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटसहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो जिल्ला डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ सुविधा प्रदान गर्दै आएको छ । यसका साथै सिटिजन्स बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि, पशुपालन र जडीबुटी सम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैँकले लिएको छ ।

    सिटिजन्स बैँक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले प्रदेश अन्तर्गतका १० वटै शाखा प्रबन्धकहरूसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल सहज र गुणस्तरीय बैकिङ्ग सेवा मार्फत यस क्षेत्रका सर्वसाधारणको मन जित्न सबैलाई निर्देशन दिए । 

    बैँकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र  जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याई सकेको छ । साथसाथै बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयहरूलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार