images
images

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले लिए गभर्नर समक्ष सपथ

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले लिए गभर्नर समक्ष सपथ

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले लिए गभर्नर समक्ष सपथ

    काठमाडौँ / सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पाण्डेले गभर्नरसमक्ष सपथ लिएका हुन् । 

    images
    images

     कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो । 

    सपथ ग्रहण पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्र्पूणलाई धन्यवाद ज्ञापन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश पारे । 

    यसैगरी गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैकिङ्ग क्षेत्रको विषयमा धारण व्यक्त गरे । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि  पाण्डेले बैंकको संचालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन् । 

    इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध भई नेतृत्वदायी तहमा काम गरेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार