images
images

सन सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

सन सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • सन सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

    काठमाडौँ नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवादेखि सन सेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। सो सम्झौताले लगानीकर्ताहरुलाई  सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४)बाट गरेको सेयर खरिद(बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। 

    images
    images

    अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४)का कार्यकारी अध्यक्ष कृष्ण गिरी तथा ट्रेडिङ्ग अफिसर बिशाल रिजालले  हस्ताक्षर गरे । 

    हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा  बढी जनसंख्याले सेवा लिइरहेका छन् ।

    इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार