images
images

मोटरसाइकल चोरी नम्बर परिवर्तन गरेर हिड्ने लामा प्रहरीको फन्दामा

मोटरसाइकल चोरी नम्बर परिवर्तन गरेर हिड्ने लामा प्रहरीको फन्दामा

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • मोटरसाइकल चोरी नम्बर परिवर्तन गरेर हिड्ने लामा प्रहरीको फन्दामा

    चोरीको मोटरसाइकलसहित काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका ७ दक्षिणढोकाबाट एक जनालाई बिहिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images
    images

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ का ३५ वर्षीय विनोद लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    सोलुखुम्बुको महाकुम्भ गाउँपालिका १ घर भई हाल काठमाडौंको मैतिदेवी बस्ने सुशिल कुमार राईले गत साउन १२ गते काठमाडौंको मैतिदेवी स्थित मन्दिर नजिकैबाट बागमती प्रदेश ०२–०२९ प १८५३ नम्बरको २ सय २० सि।सि।को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए।
     
    वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२–०२२ प २५५६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले लामालाई मोटरसाइकल सहित फेला पारी दक्षिणढोकाबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त मालिगाउँ पठाईएको छ।

    सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् । 

    हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए । 

    सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार