images
images

नेप्सेले ११ नयाँ ब्रोकरलाई दियो धितोपत्र कारोबार सदस्यता, कम्पनी कुन–कुन ? (सूचीसहित)

नेप्सेले ११ नयाँ ब्रोकरलाई दियो धितोपत्र कारोबार सदस्यता, कम्पनी कुन–कुन ? (सूचीसहित)

बुधवार, भदौ २० २०८०
बुधवार, भदौ २० २०८०
  • नेप्सेले ११ नयाँ ब्रोकरलाई दियो धितोपत्र कारोबार सदस्यता, कम्पनी कुन–कुन ? (सूचीसहित)
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता प्रदान गरेको छ ।

    नेप्सेले नेपाल धितोपत्र बोर्डले १० साउन २०८० मा इजाजत दिएको धितोपत्र व्यवसायी (धितोपत्र व्यापारी तथा धितोपत्र दलाल) कार्य गर्न अनुमतिपत्र प्राप्त कम्पनीलाई सदस्यता प्रदान गरेको हो ।

    नेप्सेले गरिमा सेक्युरिटिज कम्पनीलाई ब्रोकर नम्बर ७८, पाही इन्भेष्टमेन्ट प्रालिलाई ब्रोकर नम्बर ७९, इन्दिरा सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८० को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो । 

    यस्तै आकाश भैरव सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८१, एनएमबी सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८२ र सानिमा सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८३ को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो ।

    मिल्की वे सेयर ब्रोकर कम्पनीलाई ब्रोकर नम्बर ८४, क्यापिटल हब प्रालिलाई ब्रोकर नम्बर ८५, स्टकस्कार्टस सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८६, एपीएसए सक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८६ र ब्लूचिप सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८८ को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार