images
images

सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्भौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्भौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्भौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरका १८८ शाखा, १४७ एटीएम, ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ३३ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार