images
images

विषादी नहालेरै भक्तपुरमा फल्यो सात किलोको काउली

विषादी नहालेरै भक्तपुरमा फल्यो सात किलोको काउली

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • विषादी नहालेरै भक्तपुरमा फल्यो सात किलोको काउली
    images
    images

    भक्तपुर / विषादीको प्रयोग नगरी भक्तपुरका किसानले सात किलोको काउली फलाएका छन् । सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् । 
        
    जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिए । 

    मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको जानकारी दिँदै उनले कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार