काठमाडौँ / बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ थियो ।
उक्त मूल्य घटेर बिहीबार १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । यसअघि तोलामा १ हजार ८९५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८७५ रुपैयाँ पर्नेछ ।