काठमाडौँ / बुधबार सुनको भाउ तोलामा एकैपटक करिब २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।
यसअघि छापावाल सुन तोलामा १ लाख ५८ हजार १ सय रुपैयाँ थियो । आज भने उक्त मूल्य बढेर १ लाख ६० हजार रुपैयाँ पुगेको हो ।
यता, चाँदीसमेत तोलामा २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि तोलामा १ हजार ८ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ९५ रुपैयाँ पर्नेछ ।