images
images

राष्ट्र बैंकको रिर्पोट : ह्वात्तै बढ्यो महँगी, कोशी प्रदेशमा मूल्यबृद्धि उच्च

राष्ट्र बैंकको रिर्पोट : ह्वात्तै बढ्यो महँगी, कोशी प्रदेशमा मूल्यबृद्धि उच्च

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • राष्ट्र बैंकको रिर्पोट : ह्वात्तै बढ्यो महँगी, कोशी प्रदेशमा मूल्यबृद्धि उच्च
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्षको मंसिर महिनासम्म महँगी ह्वात्तै बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) १ प्रतिशतभन्दा बढीले बृद्धि भएर ६.०५ प्रतिशत पुगेको हो ।


    अघिल्लो वर्ष मंसिर मसान्तमा मूल्यबृद्धि दर ४.९५ प्रतिशत मात्रै थियो । पाँच महिनासम्म अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत छ ।

    अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.०० प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ भने र मसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको देखिएको छ । 

    सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा महँगी बढेको देखिन्छ ।

    मंसिर मसान्तसम्म ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रुपमा भने मंसिरसम्म कोशी प्रदेशको मुद्रास्फीति सबैभन्दा उच्च देखिएको छ । समीक्षा महिनामा उक्त प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत छ ।

    त्यस्तै, मधेश प्रदेशको ६.७७ प्रतिशत, बागमती प्रदेशको ५.८४ प्रतिशत, गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । 

    समीक्षा अवधिमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार