images
images

राष्ट्र बैंकको तथ्याङ्क : रेमिट्यान्स्, आयात र निर्यातसँगै बढ्यो मूल्यबृद्धि पनि (पूर्णपाठ)

राष्ट्र बैंकको तथ्याङ्क : रेमिट्यान्स्, आयात र निर्यातसँगै बढ्यो मूल्यबृद्धि पनि (पूर्णपाठ)

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ ।

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • राष्ट्र बैंकको तथ्याङ्क : रेमिट्यान्स्, आयात र निर्यातसँगै बढ्यो मूल्यबृद्धि पनि (पूर्णपाठ)
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१÷८२ को पाँच महिनामा मूल्यबृद्धि ६.०५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले मंसिर मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरी अघिल्लो बर्षको सोही महिनामा ४.९४ प्रतिशत रहेको मूल्यबृद्धि यस बर्ष भने बढेको जनाएको हो । 

    यस अवधिमा आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको छ भने रेमिट्यान्स् नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड कायम भएको छ ।

    सरकारको खर्च रु.५५६ अर्ब १२ करोड र राजस्व परिचालन रु.३९९ अर्ब ६० करोड रहेको छ । त्यस्तै, विस्तृत मुद्राप्रदाय ३.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.२ प्रतिशतले बढेको छ ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार