images
images

पाँच महिनामा भित्रियो ६४० अर्ब रेमिट्यान्स्, विदेशिनेको सङ्ख्या पनि बढ्दै

पाँच महिनामा भित्रियो ६४० अर्ब रेमिट्यान्स्, विदेशिनेको सङ्ख्या पनि बढ्दै

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • पाँच महिनामा भित्रियो ६४० अर्ब रेमिट्यान्स्, विदेशिनेको सङ्ख्या पनि बढ्दै
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा ६४० अर्ब रुपैयाँ रेमिट्यान्स् (विप्रेषण) भित्रिएको छ । यो अवधिमा रेमिट्यान्स् ४.४ प्रतिशतले बढेको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

    मंसिर मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ६९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६६९ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

    यता, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको पनि बढेको छ । पाँँच महिनामा १ लाख ९०, हजार ८४ जनाले नयाँ र १ लाख ३५ हजार ४२५ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार