images
Logo
images
images
images

किन बन्द भए देशभरका २८० बढी सिनेमा हलहरू ?

किन बन्द भए देशभरका २८० बढी सिनेमा हलहरू ?

राज्यको अव्यवहारिक कर र व्यवसायीलाई बेवास्ता गर्दा हल बन्द भयो । हल सञ्चालका लागि घर भाडा, बैंकको ब्याज, स्टाफलगायत विविध खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएका हुन् ।

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • किन बन्द भए देशभरका २८० बढी सिनेमा हलहरू ?
    images
    images

    काठमाडौँ / संसारभर एकाएक फैलिएको कोरोना महामारी संक्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो ।

    सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन संसारभरका लाखौले रोजगारी गुमाउन पुगे । सयौं सिनेमा घरहरू कोरोनाकै कारण बन्द भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि कोभिडबाट अछुतो रहन सकेन  ।

    तर पछिल्लो तीन महिनादेखि हलहरूको व्यवसाय राम्रो रहेको चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । अध्यक्ष महर्जनले नेपाली सिनेमाहरूले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको बताएका हुन् ।

    उनले भने, “अहिले आएर बिगत तीन महिनादेखि नेपालको सिनेमा हलहरू राम्रो लयतर्फ फर्किएका छन् । धेरै वर्षदेखि हलहरूको अवस्था राम्रो थिएन । लगातार  तीन, चार महिनादेखि सिनेमाहरूको एउटा बक्स अफिस पनि राम्रो भएकाले सिनेमा हलहरूको अवस्था राम्रो छ ।”

    यसैगरी अध्यक्ष महर्जनले लगभग पहिलेको तथ्याङ्क अनुसार ४ सय ५० हलहरू सञ्चानमा रहेका थिए भने अहिले आएर १६० देखि ६५ वटा मात्र हलहरू सञ्चालनमा रहेको बताए । उनले २८० वटा हलहरू बन्द अवस्थामा रहेको बताए ।

    उनले पहिला सुदूरपश्चिममा २१ वटा हल रहेको बताउँदै अहिले जम्मा एकवटा मात्र सञ्चालनमा रहेको  बताए ।  साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल रहेको बताए । 

    साथै बागमती प्रदेशमा ८१ वटा हलहरू बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९ वटा हलहरू बन्द छन् । 

    यसैगरी गण्डकी प्रदेशमा ३१ वटा हलहरू बन्द छन् । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरू बन्द रहेको अध्यक्ष महर्जनले बताए । तर सरकारले थोरै मात्र सङ्ख्या बढाउन सहजीकरण गर्यो भने फिल्म क्षेत्र अगाडि बढ्न सक्छ ।

    “अब लगभग लगभग हामीसँग पहिलाको डाटा अनुसार हाराहारीमा साँढे चार सयको हलहरूको सङ्ख्या थियो । अहिले आएर १६० देखि ६५ वटा हलहरू मात्र सञ्चालनमा छन् । लगभग २८०/८१ वटा हलहरूचाँही बन्द भएको अवस्था छ ।”

    उनले हलहरू बन्द हुनुको विविध कारणमध्ये दरवार हत्याकाण्डपछिको विषम परस्थिति, त्यसपछि माओवादी द्वन्द्व, त्यसपछि कोरोना महामारीका कारण सिनेमा हलहरू धेरै बन्द हुन पुगेको बताए । 

    उनका अनुसार पहिला सुदूरपश्चिममा २१ वटा हल रहेका थिए । अहिले जम्मा  एकवटा मात्र छ । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल छ ।

    बागमती प्रदेशमा ८१ वटा हलहरू बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९  वटा हलहरू बन्द भएको अवस्था छ । यसैगरी गण्डकी प्रदेशमा ३१ वटा हलहरू बन्द रहेको अवस्था छ । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरू बन्द रहेको अवस्था छ ।

    काठमाडौँकै जय नेपाल हल, कुमारी हल, बालाजुकै गंगा हल, गोपीकृष्णका हलका गोपी, कृष्ण, राधा र मीरा हल बन्द भइसकेका छन् ।
    देशमा हलको सङ्ख्या घट्दो छ । केही हल सशस्त्र जनयुद्धको समय बन्द भएका हुन् भने केही कोरोना महामारीको चपेटामा परेर बन्द भए ।

    केही हल व्यवसायको अभावमा बन्द भएका छन् त केहीलाई पछिल्लो समय आर्थिक मन्दीले पनि असर गरेको छ । नयाँ प्रविधिको विकासका कारण परम्परागत हलहरू प्रभावित भएका छन् भने मल्टिप्लेक्सहरूले राम्रो स्थान जमाएका छन् । 

    बन्द हुनुको प्रत्यक्ष कारण जेसुकै भएपनि राज्यको नीति मुख्य कारक रहेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् । 

    “हल बन्द हुनुमा राज्यको अव्यवहारिक कर, राज्यले हल व्यवसायीलाई बेवास्ता गर्नुलगायतका कारण छन्”, महर्जनले भने, “एउटा कारण सिङ्गल थिएटरलाई मल्टिप्लेक्स बनाउने खर्च हो । जसको लागि चार करोड रुपैयाँसम्म लगानी लाग्छ । त्यो पैसा लगानी गरेर रिटर्न हुने अवस्था छैन ।”

    हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफलगायत खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उनले सुनाए ।

    “राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याजलगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान हुन्छ”, महर्जनले भने, “नत्र भने एक-एक गरेर हल बन्द हुन्छन् ।”

    केही महिना अगाडि काठमाडौँस्थित गोपीकृष्ण हल बन्द हुनुको कारण पनि यही रहेको महर्जनको भनाइ छ । यसैगरी सिनेमा हलहरू बन्द हुनुको अर्को मूख्य कारण नेपाल सरकारले लगाएको कर नै बढी भएको  बताए । उनले कर बढी भएका कारणले नै धेरैजसो सिनेमा हलहरू बन्द भएको उनको भनाई छ । 

    उनले डिजिटल प्लेटफर्महरूको परिवर्तनले पनि लगानी गर्न नसकिएको अवस्थामा पनि सिनेमा हलहरू बन्द भएको बताए । उनले विगतमा सिंगल थिएटरहरूमा ऐनालगबाट सिनेमा चलाउथ्यौं अहिले आएर डिजिटलको युग आएर अबग्रेट हुन नसकेका कारण पनि सिनेमा हलहरू बन्द हुनुपरेको बताए ।

    उनले भने, “करको कुरा सबैभन्दा ठूलो कारण हो । झण्डै झण्डै सिनेमा हलहरूले ३३ प्रतिशत कर तिर्नुपर्छ । कर्पोरेट टेक्स बाहेक पनि सिनेमा हलहरूले धेरै कर तिर्नुपर्छ । मानौँ तीनसय रुपैयाँको टिकट काट्यौँ भने पनि सिनेमा हलमा बच्ने  भनेको एसक रुपैयाँ मात्र हो । एकसय रुपैयाँ हाम्रो करमा जान्छ, सय रुपैयाँ फिल्मले लिएर जान्छ भने एकसय रुपैयाँले मात्र हाम्रो सिनेमा हल चलाउन सकिँदैन ।” 

    साथै, उनले सिनेमा हलहरूको लगानी डुब्दा सिने क्षेत्रमा धेरै असर पुगेको उनको भनाइ छ । उनले सिनेमा सञ्चालक, निर्माता र वितरकहरूलाई धेरै नै क्षति भएको बताए ।

    डिजिटल प्लेटफर्महरू आएसँगै सिंगल थ्रिटरहरू मल्टिप्लेक्समा कन्र्भट भएपछि फिल्म देखाउन झन सहज भएको अध्यक्ष महर्जनको भनाई छ । 

    मल्टिप्लेक्सतर्फ आर्कषण बढ्दै गएपछि सिंगल थ्रिटरहरूलाई मल्टीप्लेक्समा कन्र्भट गर्नलाई लगानीको ठूलो आवश्यकता पर्दा पनि सिनेमा हलहरू बन्द हुनु परेको बताए ।

    छिमेकी देश भारतमा कुनैपनि प्रदर्शकले सिनेमा हलहरूलाई अबग्रेट गर्नचाहे सरकारले सहयोग गर्छ तर त्यो अवस्था नेपालमा नभएको उनले गुनासो गरे ।

    चलचित्रमा जिएसी जम्मा पाँच प्रतिशत लिनुपर्नेमा सरकारले यो फिल्म उद्योगलाई केन्द्रमा नराखेको कारणले पनि सिनेमा हलहरू दिनहुँ बन्द हुँदै गइरेहको बताए । 

    उनले सरकारले सिनेमा क्षेत्रको विषयमा गम्भिर रूपले सोच्नुपर्ने बताए । सिनेमा क्षेत्रमा लगानी गर्ने मान्छेलाई सरकारले साथ र सहयोग गर्नुपर्नेमा उनको जोड छ । 

    उनले बारम्बार चलचित्र संघले पहल गर्दा पनि अहिलेसम्म सम्बोधन हुन नसकेको बताए । अध्यक्ष महर्जनले भने, “सुरुमा चलचित्र बोर्डको गठन हुँदादेखि पनि १५ प्रतिशत मात्र कर तिनुपर्ने भनेका थियौँ तर त्यो अहिलेसम्म घट्न सकेको छैन ।”  

    उनले बारम्बार चलचित्र विकास बोर्ड, सञ्चार, अर्थ मन्त्रालयसँग सिनेमा क्षेत्रकाबारे पहलकदमी गरिरहेको बताए । खासै अहिलेसम्म पहल नभएको उनको गुनसो छ । 

    उनले भने, “अब सुरुमा चलचित्र विकास बोर्डको गठन हुँदाखेरी सिनेमा क्षेत्रमा १५ प्रतिशत कर लिने भन्ने निर्णय २०५८ सालमा गरेका थियौं तर अहिलेसम्म करको दायरा घटाउन सकिएको छैन । यसमा धेरै  पहल गर्यौं तर त्यो सुनुवाई  भए जस्तो लागेको छैन ।” 

    यसैगरी उनले चलचित्र उद्योगलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने आफूहरूको माग रहेको बताए । निर्माणलाई उद्योग सरहको मान्यता दिए पनि प्रदर्शकलाई नदिएकोमा दुःख लागेको उनको भनाई छ । 

    यसैगरी सिनेमा हलहरू बन्द हुँदा फिल्म प्रदर्शनमा समेत समस्या आइरहेको उल्लेख गर्दै अध्यक्ष महर्जनले सरकारले सिनेमा हलहरूको सङ्ख्या बढाएर मात्र कर बढी लिनु सान्दर्भिक हुने बताए ।

    आंकाक्षा धामी / नेपाल न्यूज बैंक

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार