images
images

'पिपुल लभ सर्भिस’ भनेर चिनाउने काठमाडौंका पहिलो मेयर स्व. पिएल सिंह को हुन् ?

'पिपुल लभ सर्भिस’ भनेर चिनाउने काठमाडौंका पहिलो मेयर स्व. पिएल सिंह को हुन् ?

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • 'पिपुल लभ सर्भिस’ भनेर चिनाउने काठमाडौंका पहिलो मेयर स्व. पिएल सिंह को हुन् ?
    images
    images

    काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको आज निधन भएको छ।

    पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो। 

    उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।
      
    २०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए।

    पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् । सिंहको निधनमा काठमाडौं  महानगरले शोक विदा दिएको छ।

    को हुन् पी.एल. सिंह ?

    पी.एल. सिंह विभिन्न स्वास्थ्य समस्या देखिएपछि एकबर्षदेखि थला परेका थिए ।  

    अल्सरको समस्याको शल्यक्रिया गरेर थला परेपछि उनको देखभाल स्वर्गीय गणेशमान सिंहको निवास चाक्सीबारीमा हुँदै आएको थियो। 

    वास्तविक नाम प्रेमलाल सिंह रहेका उनी आफूलाई पिएल.एस. ‘पिपुल लभ सर्भिस’ भनेर चिनाउने गर्दथे। 

     सन् १९४० मा काठमाडौंमा जन्मिएका पि. एल. सिंह कांग्रेसका संस्थापक नेता तथा ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका प्रमुख सहयोगी थिए । 

    २०१२ सालमा नेपाल छात्र संघका केन्द्रीय सदस्य हुँदै राजनीति शुरु गरेका थिए ।  

    पञ्चायतकालमा पटक–पटक जेल खाएका सिंह कालान्तरमा कांग्रेस नेता गणेशमान सिंहका ‘राजनीतिक पुत्र’ का नामले चिनिन्छन् । 

    २०४६ को आन्दोलनका बेला अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता लिन समेत उनी खटिएका थिए । 

    पी.एल. ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेर गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गर्थे ।  पछि उनी आफ्नै निवासमा सरेका थिए । 

    ०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाको प्रमुख बनेका ब्यक्ति हुन् । कतिपयले सिंहपछि काठमाडौंको मुहार परिवर्तन हुन नसकेको बताउँछन् । 

    पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो नगरप्रमुख भएको कारण पनि उनलाई सम्झिने गरिन्छ । काठमाडौं महानगरपालिकाको जग हालिएको मात्रै होइन सिंह वि.सं. २०५६ सालमा आम निर्वाचनमा प्रतिधिनिसभाका सदस्यमा निर्वाचित ब्यक्ति पनि हुन् । नेपाली कांग्रेसको मन्त्रिपरिषद्मा वातावरण तथा जनसंख्या मन्त्री समेत बने । 

    सिंहको तीव्र राजनीतिक जीवनमा भने २०५६ मा ब्रेक लाग्यो । 
    गणेशमानसँग परिवारका सदस्यभन्दा निकट मानिने पीएल पछि पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग ठाकठुक परेपछि राजनीतिक सक्रियता सिमित हुन पुगेको जानकारहरु बताउँछन् । 

    राजनीतिको परम्परावादी धारलाई प्रतिनिधित्व गर्ने सिंहलाई पछिल्लो समय कांग्रेसले समेत वेवास्ता गर्दै आएको थियो । 

    ६३ को आन्दोलन एनजीओ र आईएनजीओले गरेको भन्दै उनले बाह्रबँुदे सहमति दिल्लीमा भएकोप्रति समेत आपत्ति जनाएका थिए । 

    सिंह नेपालमा संबैधानिक राजतन्त्र आवश्यक छ भन्ने पक्षमा वकालत समेत गर्दै आएका थिए । त्यसैले उनलाई गणतन्त्रबादी धारले वेवास्था गर्दै आएको हो ।  


    संविधान दिवस २०७८ को अवसरमा सरकारले दिएको ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ पदक अस्वीकार गरेर समेत चर्चामा आएका  सिंह उनलाई बेलायतको लन्डन सहरका लर्ड मेयरले ‘लर्ड मेयर’ भनेर सम्बोधन गर्दा आफूलाई ‘किङ अफ स्विपर’ अर्थात् ’कुचीकारका राजा’ भनी ब्यङ्ग्य गरेको विषय निकै चर्चित बनेको थियो । 

    नेपालमा लोकतन्त्रका लागि  उनले लामो संघर्ष गरेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार