images
images

सेयर बजारमा आज पनि पहिरो, नेप्से ३१.४३ अङ्कले घट्दा कतिको भयो कारोबार ?

सेयर बजारमा आज पनि पहिरो, नेप्से ३१.४३ अङ्कले घट्दा कतिको भयो कारोबार ?

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • सेयर बजारमा आज पनि पहिरो, नेप्से ३१.४३ अङ्कले घट्दा कतिको भयो कारोबार ?
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहिबार पनि नेप्से परिसूचक ओरालो लागेको छ । अघिल्लो कारोबार दिनलाई निरन्तरता दिँदै बिहीबार पनि नेप्से १.१९ प्रतिशत अर्थात ३१.४३ अङ्कले घटेर २ हजार ५ सय ९६.८२ बिन्दुमा पुगेको हो । 

    सेन्सेटिभ इन्डेक्ससमेत आज ४.३५ अङ्कले घटेर ४ सय ४५.७७ बिन्दुमा झरेको छ । यस दिन बिक्री गर्नेको चाप बढ्दा कारोबार रकम भने बढेको छ । 

    बुधबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ४ अर्ब ७६ करोड बराबरको कारोबार भएको हो । बिहीबार ३१० धितोपत्रको खरिदबिक्रीमा ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ५५ हजार ९८९ पटकमा खरिदबिक्री भएको छ । 

    बजार लगातार घटेसँगै बजार पुँजीकरण रकम ४३ खर्ब ७ अर्ब ३५ करोडमा खुम्चिएको छ । 

    यो दिन कारोबारमा आएका १३ ओटा उपसमूहमै पहिरो गएको छ । जसमा सबैभन्दा बढी गुमाउनेमा व्यापारिक समूह र वित्त समूह छन् । यी समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको हो । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, लगानी, जीवन बिमा र निर्जीबन बिमा समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । 

    बैंकिङ, हाइड्रोपावर, लघुवित्त, अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् । पहिरो गएको सेयर बजारमा बिहीबार सर्पोट माइक्रो फाइनान्सको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यो दिन प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसाले मूल्य बढेर ३ हजार २ सय ३७ रुपैयाँ ५० पैसा पुगेको छ । 

    यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ७.९६ प्रतिशतले बढेको छ । यता, नारायणी डेभलपमेन्टको सेयर मूल्य भने ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३०१ रुपैयाँ कायम भएको छ । 

    बिहीबारको कारोबार रकममा जानकी फाइनान्सको हिस्सा सबैभन्दा बढी छ । यो कम्पनीको मात्रै आज १७ करोड ६० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

    यता, समस्याउन्मुख कर्णाली डेभपमेन्ट बैंकको पनि आज ११ करोड ४५ लाख ५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार